सूचनाको हक कार्यान्वयन सम्बन्धी अनुगमन निर्देशिका, २०७६ को दफा ६ बमोजिम)
जिल्ला अनुगमन इकाई
(क) प्रमुख जिल्ला अधिकारी - अध्यक्ष
(ख) जिल्ला समन्वय अधिकारी, जिल्ला समन्वय समितिको कार्यालय - सदस्य
(ग) प्रमखु, जिल्ला हुलाक कार्यालय -सदस्य सचिव
जिल्ला अनुगमन इकाई अनुगमन इकाईको काम, कर्तव्य र अधिकार
- जिल्ला स्थित सार्वजनिक निकायबाट सूचनाको हकको कार्यान्वयन भए, नभएको वियषमा अनुगमन गर्ने,
- जिल्लास्थित सार्वजनिक निकायमा सूचना माग गरेको विवरण तथा सूचना दिएको वा दिन इन्कार गरेको विवरणको छुट्टा छुट्टै अभिलेख राखे, नराखेको अनुगमन गर्ने,
- जिल्लास्थित सार्वजनिक निकायले ऐनको दफा ५ को उपदफा (३) र नियमावलीको नियम ३ बमोजिम प्रकाशन गर्नुपर्ने सूचना प्रकाशन गरे, नगरेको अनुगमन गर्ने,
- जिल्लास्थित सार्वजनिक निकायमा सूचना अधिकारीको व्यवस्था गरे, नगरेको अनुगमन गर्ने र त्यसरी अनुगमन गर्दा सूचना अधिकारीको व्यवस्था नभएको देखिएमा सूचना अधिकारीको व्यवस्था गर्न निर्देशन दिने,