महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ कौलाथ्व तृतीया - ३

हुलाक टिकट सेवा

नेपालमा हुलाक सेवा विभागले फिलाटेलिक अन्तर्गत नेपालका विभिन्न भागमा प्रचलित विभिन्न चाडपर्व, संस्कृति, प्राचिन तथा अर्वाचीन कला, धर्म, साहित्य, कलात्मक भवन, स्मारक तथा धार्मिक स्थलहरु, भौगोलिक एवम् पुरातात्विक महत्वका वस्तुहरु, अन्तराष्ट्रिय स्तरका ख्याति प्राप्त विशिष्ट विद्वानहरु, राष्ट्रिय विभूतिहरु एवम् प्रतिभाहरु, महत्वपूर्ण ऐतिहासिक घटनाहरु तथा व्यक्तिहरु, प्राकृतिक वैभव र गरिमायुक्त राष्ट्रिय महत्वका विषयहरु, नेपालसँग सम्बन्धित अन्तराष्ट्रिय संघ/संस्था, सभा, सम्मेलन, समारोह एवम् नेपालसँग द्विपक्षीय तथा वहुपक्षीय सम्बन्ध भएका परराष्ट्रिय मामिला तथा अन्तराष्ट्रिय सम्बन्धको विषयहरु, संयुक्त राष्ट्र संघ, अन्तराष्ट्रिय हुलाक संघ, दक्षीण एसियाली क्षेत्रिय सहयोग संगठन(SAARC) लगायत संस्थाहरुको आह्वानमा मनाइएको अन्तराष्ट्रिय वर्षहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वका खेलकुद गतिविधि तथा अन्य महत्वपूर्ण विषयवस्तुहरु समेटेर प्रत्येक वर्ष विभिन्न दरका हुलाक टिकटहरु प्रचलनमा ल्याउने गर्दछ।यी प्रकाशित टिकटहरु हुलाक सेवामा संग्रहित गरिँदै आएका छन्।

हुलाक सेवा विभागद्धारा प्रकाशित हुलाक टिकट दरहरु

रु.१

रु.३५

रु.२

रु.४०

रु.३

रु.५०

रु.५

रु.६०

रु.१०

रु.१००

रु.११

रु.२००

रु. २०

रु.२५०

रु.३०

रु.५००