विनियोजित बजेट र प्राप्त अख्तियारी बमोजिम ऐन नियमको दायरा भित्र रही खर्च लेख्ने ।
पालिका हुलाकहरुको अनुगमन निरिक्षण गरी प्रतिवेदन गर्ने ।
अनुगमनका क्रममा जिल्ला हुलाक कार्यालय र पालिका हुलाका कार्यालयमा देखिएका कमी कमजोरीलाई सुधार गर्न लगाउने सुधारको लागि विभागमा लेखी पठाउने ।
पालिका हुलाकको कार्यालय प्रमुखहरुको हाजिरी, बिदा, दण्ड पुरस्काको विवरण माग गरी गर्न लगाई अभिलेख राख्ने ।
हुलाका वस्तु ढुवानीको लागि जिल्ला मातहत रहेका हुलाक कार्यालयसम्म डाँक परिवहन व्वस्था मिलाउने ।
सर्टिङ सूची राम्रोसँग कार्यान्वयन गर्ने, डाँक परिवहन ठिक सायमा भएको छ वा छैन हुलाक वस्तुको ठिक समयमा संकलन भएको छ छैन आदी कुराहरुको सम्बन्धित करमचारीलाई जिम्मेवार बनाउने ।
जिल्ला भित्रका पालिका हुलाकसम्मको डाँक रेखा अनुसार ड्युमेल सूची अद्यावधिक गर्ने ।
हुलाक वस्तुको संकलन, ढुवानी, दर्ता, वितरण, आयात र निर्यात गर्ने कार्यलाई छिटो छरितो र प्रभावकारी रुपमा गर्न लगाइ नियम अनुसार तोकिएको समय भित्र कार्य सम्पन्न गर्न लगाउने ।
आन्तरिक इ.एम.एस. सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्ने ।
PITS नियमित अनुगमन/ सुपरिवेक्षण गरी प्रभावकारी रुपमा सञ्चालनमा ल्याउने ।
हुलाक टिकट बिक्री व्यवस्था मिलाउने र बिक्री पछिको राजश्व दाखिला गर्न लगाउने ।
वैदेशिक हुलाक वस्तु (इ.एम.एस/ पार्सल) मा लागेको भन्सार महशुल, मुल्य अभिवृद्धी कर, अन्त शुल्क लगायतका करहरु संकलन गरी राजश्व खातामा दाखिला गर्ने ।
कर्मचारीको हाजिरी, बिदा, पदपूर्ती तथा रिक्त पदहरुको पदपूर्तीको लागि लोक सेवा आयोगमा लेखि पठाउने ।
लेखाको तोकिएको ढँचामा समयसीमामा भित्र वित्तीय विवरणहरु तयार गर्न लगाउने ।
पत्रपत्रिका हुलाक दर्ताका लागि आएमा नियमअनुसार दर्ता एवं नविकरण गर्ने ।
डाँक सञ्चालन गर्ने तथा कर्मचारीहरुलाई आलोपालोको व्यवस्था मिलाइ जुनसुकै समयमा समेत डाँक बुझ्ने/ बुझाउने व्यवस्था गर्ने ।
पालिका हुलाक कार्यालयहरुसँग समन्वय र अनुगमन गर्ने ।
जिल्ला तथा मातहतका कार्यालयहरुको प्रशासनिक कार्य गर्ने ।
समयानुकुल डाँक रेखा निर्माण तथा अद्यावधिक गर्ने ।
अन्तर जिल्ला डाँक सञ्चालन सम्बन्धि समन्वय र प्रबन्ध गर्ने ।
हुलाक सेवा विभागमा नियमित प्रतिवेदन गर्ने ।
विभागबाट सहमति लिई कर्मचारी व्यवस्थापन गर्ने ।
पालिका हुलाक कार्यालयहरु व्यवस्थापन गर्ने ।
हुलाक सेवा सञ्चालन सम्बन्धमा विभागमा सुझाव पेश गर्ने ।
कामको आवश्यकता अनुसार हुलाक वस्तु दर्ता काउण्टर विभागको सहमती लिई सञ्चालन गर्ने ।
हुलाकबाट प्रदान गरिएका सेवाहरुको प्रचार प्रसार तथा प्रवर्धन गर्ने ।
कार्यालयमा आएका उजुरी गुनासा सुनुवाई गर्ने ।
पदीय दायित्व अनुसारका कर्मचारीहरुको हाजिरी, बिदाको अभिलेख राख्ने ।
दर्ता, चलानी फाईलिङलाई चुस्त दुरुस्त बनाउने ।
मासिक, त्रैमासिक, वार्षिक विवरण तयार गरी सम्बन्धित निकायमा पठाउने ।
कार्यालयको लागि आवश्यक पर्ने जिन्सी सामानहरुको विवरण तयार गर्न लगाउने ।
स्वीकृत बजेटको परिधि भित्र रही कार्यालय संचलन गर्न आवश्यक पर्ने सामाग्रीहरु समयमा नै खरिदको व्यवस्था मिलाउने ।
खरिद भएका सामानहरु स्वीकृत गुणस्तर बमोजिम प्राप्त भए नभएको जाँच पश्चात आम्दानी बाँध्ने र भुक्तानीको लागि कागजात तयार गर्ने ।
कार्यालयमा प्रयोग हुने खर्च नहुने जिन्सी सामाग्रीहरुको जिन्सी विवरण अद्यावधिक रुपमा राख्ने ।
पालिका हुलाक कार्यालयहरुलाई उपलब्ध गराईएका सामानहरुको अभिलेख व्यवस्थित रुपमा राख्ने ।
भौतिक सामानहरुको स्याहार, संभार, मर्मत र संरक्षण गर्ने । कुनै जिन्सी सामानहरु टुटफुट भई मर्मत हुन नसक्ने सामानहरुको आ.प्र. सम्बन्धी ऐन , नियमको प्रक्रिया पुर्याई लिलाम गर्ने, मिन्हा गर्ने, धुल्याउने आदी कार्यमा सहयोग गर्ने ।
समय समयमा हुलाक सेवा विभागले लगाएको कार्य गर्ने ।
प्रशासन तथा जिन्सी शाखा
टिकट प्राप्ती र भण्डारण गर्ने ।
डाँक सञ्चालन गर्ने तथा कर्मचारीहरुलाई आलोपालोको व्यवस्था मिलाई जुनसुकै समयमा समेत डॉक बुझने / बुझाउने व्यवस्था गर्ने ।
जिल्ला तथा मातहतका कार्यालयहरुको प्रशासनिक काम गर्ने ।
समयानुकुल डॉक रेखा निर्माण तथा अद्यावधिक गर्न सहयोग गर्ने ।
अन्तरजिल्ला डाँक सञ्चालन सम्बन्धी समन्वय र प्रबन्ध गर्ने
हुलाक सेवा विभागमा नियमित प्रतिवेदन गर्ने ।
पालिका हुलाक कार्यालयहरु व्यवस्थापन गर्न सहयोग गर्ने ।
हुलाकबाट प्रदान गरिएका सेवाहरुको प्रचार प्रसार तथा प्रवर्धन गर्न सहयोग गर्ने ।
सहयोगीहरुलाई काममा खटाउने खटाइएको ठाउँमा तोकिए बमोजिम कार्य भए नभएको अनुगमन गर्ने ।
निर्धारित समयमा हुलाक वस्तु बुझी वितरण गर्न लगाउने ।
पदिय दायित्व अनुसारका कर्मचारीहरुको हाजिरी बिदाको अभिलेख राख्ने ।
कार्यालय परिसर सरसफाई गर्न लगाउने ।
दर्ता चलानी फाइलिङ्गलाई चुस्त दुरुस्त बनाउने ।
सरुवा बढुवा नियुक्तिका टिप्पणीउठाउने सदर गराउने ।
नासिक, त्रैमासिक, वार्षिक विवरण तयार गर्ने ।
कार्यालयको लागि आवश्यक पर्ने जिन्सी सामानहरुको विवरण तयार गरी पेस गर्ने ।
स्वीकृत बजेटको परिधिभित्र रही कार्यालयहरु संचालन गर्न आवश्यक पर्ने सामाग्रीहरु समयमानै खरिदको लागि पेस गर्ने ।
खरिद भएका सामानहरु स्वीकृत गुणस्तर बमोजिम प्राप्त भए नभएको जाँच पश्चात आम्दानी बाँधने र भुक्तानिको लागि कागजात तयार गर्ने ।
कार्यालयमा प्रयोग हुने खर्च नहुने जिन्सी सामाग्रीको जिन्सी विवरण अद्यावधिक रुपमा राखे ।
पालिका हुलाक कार्यालयहरुलाई उपलब्ध गराइएका सामानहरुको अभिलेख व्यवस्थितरुपमा राखे ।
भौतिक साधनहरुको स्याहार सम्भार, मर्मत र संरक्षण गर्ने । कुनै जिन्सी सामानहरु टुटफुट भै मर्मत हुन नसक्ने सामानहरुको आ.प्र. सम्बन्धी ऐन, नियमको प्रक्रिया पुर्याई लिलाम गर्ने, मिन्हा गर्ने धुलाउने आदि कार्यमा सहयोग गर्ने ।
तोकिएबमोजिम अन्य काम गर्ने ।
डाँक तथा टिकट शाखा
दर्ता हुन आएका हुलाक वस्तुहरुको नियमानुसार दर्ता गर्ने ।
हुलाक वस्तुको संकलन, ढुवानी र वितरण कार्यलाई प्रभावकारी बनाउने र टिकट विक्रि कार्यलाई सेवाग्राही मैत्री बनाउने । निर्देशनालय मातहतका हुलाक कार्यालयहरुसँग निरन्तर सम्पर्कमा रही डॉक संकलन, ढुवानी तथा वितरणको व्यवस्था मिलाउने ।
आन्तिरक तथा वैदेशिक द्रुत डाँक सेवा मार्फत प्राप्त हुलाक वस्तुको नियमानुसार प्रभावकारी रुपमा डाँक ढुवानी तथा वितरणको व्यवस्था मिलाउने ।
हुलाक वस्तुको संकलन तथा वितरणको कार्य अनिवार्य रुपमा PITS प्रविष्ट गराई सेवा प्रवाह गर्ने गराउने यसको लागि नियमित रुपमा अनुगमन / सुपरिवेक्षण गरी प्रभावकारी रुपमा सन्चालनमा ल्याउने ।
आन्तरिक तथा वैदेशिक डॉकहरुको अभिलेख तौल आइटम छुट्टिने गरी राखी राजश्व संकलनको निगरानी गर्ने ।
हुलाकी र हल्काराहरुलाई काममा खटाउने, उनीहरुको कामको निगरानी गर्ने ।
डॉक ढुवानी सम्बन्धमा परेका उजुरीहरुका सम्बन्धमा शाखा प्रमुखलाई जानकारी दिने तथा अनुसन्धान गर्ने, छानवीन गरी शाखा प्रमुख समक्ष पेस गर्ने ।
हुलाक अधिकृतले तोके बमोजिमका अन्य कार्य गर्ने ।
लेखा शाखा
चालु तथा पुँजीगत बजेट निकासा लिने,
निकाशा खर्चको श्रेस्ता अद्यावधिक राख्ने,
कार्यालयको आर्थिक विवरण तयार गरी पेस गर्ने,
थप रकमको आवश्यक परेमा समयभित्रै निकाशा लिने व्यवस्था मिलाउने,
कार्यालयलाई आवश्यकता अनुसार आर्थिक प्रशासनसम्बन्धी राय सल्लाह दिने ।
प्रचलित कानून अनुसार विनियोजन, धरौटी, राजश्व आदिको श्रेस्ता राख्ने, राख्न लगाउने र सोको प्रतिवेदन तयार गरी गराई सम्बन्धित निकायमा पठाउने |
कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष, बिमा, सापटी, कर कट्टी र अन्य रकमहरु सम्बन्धित निकायमा दाखिला गर्ने ।
कार्यालयको मासिक आम्दानी खर्चको विवरण तयार गरी सार्वजनिक गर्ने ।
आर्थिक कारोवारहरुको आन्तरिक तथा अन्तीम लेखा परीक्षण गराउने ।
आन्तरिक लेखा परीक्षण तथा अन्तीम लेखापरीक्षणबाट औल्याइएका बेरुजुको लगत खडा / अद्यावधिक गर्ने र फछ्यौटको लागि लेखि पठाउने ।
कर्मचारीहरुको तलबी प्रतिवेदन पास गराउने ।
आर्थिक प्रशासन सम्बन्धी तोकिदिएका अन्य कार्य गर्ने ।
हुलाक अधिकृतले तोके वमोजिमका अन्य कार्य गर्ने ।
कार्यालय सहयोगी
शाखाको अन्तर्गत बसाई तथा रखाई व्यवस्थापन, सरसफाई लगायतका कार्य गर्ने ।
हुलाक वस्तु ओसारपसारमा आवश्यकता अनुसार सहयोग गर्ने ।
कार्यालयमा रहेका भौतिक सामग्रीको रेखदेख तथा संरक्षण गर्ने ।
शाखाको दैनिक कार्यसंचालनका क्रममा आइपर्ने सम्पूर्ण कार्यहरु गर्ने ।
आवश्यकता अनुसार कार्यालय प्रमुख तथा शाखा प्रमुखले लाए अहयाएका सम्पूर्ण कार्यालय प्रयोजन सम्बन्धी कार्यहरु गर्ने ।
हल्कारा र हुलाकी
हुलाक वस्तुहरु निर्देशनालय, कार्यालयले तोके बमोजिम एक स्थानबाट अर्को स्थानमा ढुवानी गर्ने,
हुलाक वस्तुहरु कार्यालयले तोकेको स्थानमा वितरण गर्ने,
हुलाक वस्तुमा उल्लेख भएको नाम र वितरण गर्न लागिएको व्यक्ती वा संस्था उही हो होइन यकिन गर्ने, परिचय समेत लिने ।
दर्ता (चिठी, पुलिन्दा) हुलाक वस्तु वितरण गरेको भरपाईमा बुझ्ने व्यक्तीको प्रष्ट बुझिने हस्ताक्षर र मिति उल्लेख गर्ने,
फिर्ती रसिद टाँसिएको हुलाक वस्तु भए रसिदमा समेत हुलाक वस्तु बुझ्ने व्यक्तीको हस्ताक्षर गराई सो फिर्ती रसिद लिने र सो रसिद कार्यालयमा बुझाउने,
हुलाक वस्तु वितरण भएपछि सो को सूचना हुलाक सूचना प्रणालीमा अनिवार्य राख्नुपर्ने,
वितरणमा लगिएका हुलाक वस्तु प्रापकको ठेगानामा बुझाउन नसके अर्को दिन पनि वितरण गर्ने प्रयास गर्ने,
ठेगानामा प्रापक फेला नपरे तेस्रो पटकसम्म वितरणको प्रयास गर्ने,
वितरण नभएका हुलाक वस्तु शिघ्र प्रथम पक्षलाई जिम्मा लगाउनु पर्नेछ । द्रुत डाँक सेवाबाट प्राप्त हुलाक वस्तु सोही दिन बुझाउनु पर्नेछ । बुझाउन नसके त्यसै दिन प्रथम पक्षलाई फिर्ता दिनुपर्नेछ ।
वितरण हुन नसकेका हुलाक वस्तुहरु कारण उल्लेख गरी शाखामा बुझाउनु पर्नेछ । हुलाक वस्तु चार दिन भन्दा बढी आपूसँग राख्न नपाइने ।
हुलाक कार्यालय प्रमुख
हुलाक वस्तु दर्ता गर्ने
हुलाक वस्तु वितरण गर्ने,
टिकट बिक्री गर्ने,
डाँक सञ्चालन गर्ने,
सीमाना जोडिएका पालिका हुलाक कार्यालयहरुले सीमानामा रहेका पालिका हुलाक कार्यालयबाट डाँकको आदानप्रदान गर्दा अभिलेख राखी छिटो हुने गरी एकआपसमा आदान प्रदान गर्ने व्यवस्था मिलाउने (अर्को जिल्लाको पालिका हुलाक कार्यालयसँग समेत) तथा सो को अभिलेख जिल्ला हुलाक कार्यालयमा पठाउने,
कार्यालयमा भए गरेका कामको नियमित पेतिवेदन गर्ने,
समय समयमा जिल्ला हुलाक कार्यालयको निर्देशन बमोजिमका कामहरु गर्ने,
हुलाकबाट प्रदान गरिएका सेवाहरुको प्रचारप्रसार तथा प्रवद्धन गर्ने,
सरोकारवाला निकायहरुसँग समन्वय र सहजिकरण गर्ने,
हुलाक सेवा सञ्चालन र व्यवस्थापनसँग सम्बन्धित अन्य कार्यहरु गर्ने ।
हुलाक काउण्टर
हुलाक वस्तु दर्ता गर्ने,
टिकट बिक्री गर्ने,
आवश्यकताअनुसार हुलाक वस्तु वितरण गर्ने,
जिल्ला हुलाक कार्यालय/ पालिका हुलाक कार्यालयका प्रमुखले तोके बमोजिमका अन्य काम गर्ने ।